‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’ « Khabarhub

रास्वपा नेता-कार्यकर्तालाई गगनले भने

‘हामी आफ्नै नेतालाई बा र दाइ भनेर बिग्रियौँ, पार्टीभित्र गलत हुँदा लड्नुस्, प्रश्न गर्नुस्’


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीभित्र हुने गलत कामविरुद्ध खुलेर आवाज उठाउन आग्रह गरेका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको गलत कार्यको विरोध गर्न नसक्नेले सुशासन स्थापित गर्न नसक्ने बताएका छन् ।

‘हामीले विगतमा आफ्नै नेताहरूलाई प्रश्न नगर्ने गल्ती गर्यौं। दाइ वा बा भनेर नेताहरूलाई प्रश्नभन्दा माथि राख्यौं। त्यसले सुशासनलाई कमजोर बनायो,’ थापाले भने, ‘तपाईंहरू पनि पार्टीभित्र गलत हुँदा चुप लागेर नबस्नुस्। आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कार विकास गर्नुस्।’

उनले बाहिरका राजनीतिक प्रतिस्पर्धीसँग लड्नुभन्दा आफ्नै पार्टीभित्रका कमजोरी र विकृतिविरुद्ध संघर्ष गर्न झन् कठिन हुने उल्लेख गर्दै कांग्रेसले विगतमा त्यही कठिन बाटो रोजेको बताए। ‘हामीले पनि नसच्चिएपछि पार्टीभित्रै विद्रोह गरेका हौं। बाहिर लड्नुभन्दा पार्टीभित्र लड्न गाह्रो हुन्छ,’ उनले भने।

सभापति थापाले रास्वपाले प्राप्त गरेको जनमत असाधारण भएको उल्लेख गर्दै त्यसलाई जोगाउन पार्टीभित्र लोकतान्त्रिक संस्कार, विधिको शासन र आत्मसमीक्षाको संस्कृति आवश्यक पर्ने बताए।

विगतमा ठूलो जनमत प्राप्त गरेका राजनीतिक शक्तिहरू आन्तरिक विवाद र नेतृत्वमा देखिएको उन्मादका कारण कमजोर बनेको स्मरण गराउँदै उनले रास्वपाले त्यस्ता गल्ती दोहोर्याउन नहुने सुझाव दिए ।

थापाले नेपाली कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुता नरहेको स्पष्ट पार्दै रास्वपा नेतृत्वको सरकारले राम्रो काम गरे कांग्रेसले समर्थन गर्ने र गलत बाटोमा गए खबरदारी गर्न पछि नपर्ने बताए।

उनले नयाँ पुस्तालाई इतिहास र लोकतान्त्रिक आन्दोलनका बलिदान नबिर्सन आग्रह गर्दै चितवनको भूमिमा लोकतन्त्रका लागि बगेको सहिदहरूको रगतकै कारण आज सबै राजनीतिक दलले स्वतन्त्र रूपमा आफ्ना झण्डा फहराउन पाएको उल्लेख गरे ।

‘निलो झण्डा फहराउँदा भुइँमा रातो इतिहास पनि छ भन्ने सम्झनुपर्छ,’ उनले भने, ‘विगतका संघर्ष, बलिदान र योगदानलाई बिर्सेर अगाडि बढ्न सकिँदैन।’

सभापति थापाले लोकतन्त्र, विधिको शासन र सुशासनप्रति प्रतिबद्ध रहन आग्रह गर्दै जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेसले सधैँ प्रश्न उठाउने र खबरदारी गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

अरू के के भने ?

रास्वपाको सफलता लोभ लाग्दो छ, सफलताको लागि बधाई छ ।
सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बलेन शाह निर्विरोध हुन लागेको भन्ने थाहा पाएर खुशी लागेको छ, बधाई छ ।
लोकतन्त्र र विधिको शासन लेखिने विषय मात्रै होईनन, यी आधारमूत मुल्यहरूलाई रास्वपाले मन बचन र कर्ममा लिएर हिड्ने अपेक्षा छ ।
रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ, यसमा दुई मत छैन ।
विगतमा पनि दुई पटक यस्तै जनमत प्राप्त भएको थियो, तर दुर्घटना भयो ।
दुर्घटनाको मुख्य एक कारण नेताहरूबीचको विवाद र उनीहरूमा देखिएको उन्माद नै मुख्य थियो ।
रास्वपामा त्यस्तो विवाद र उन्माद नदेखियोस् । किनकी त्यसको क्षती रास्वपाले मात्रै होइन, अन्य पार्टी, देश, जनता र लोकतन्त्रले पनि व्यहोर्नु पर्छ ।
त्यसैले पार्टी भित्र विवाद नहोस् र देशमा स्थिरता होस भनने मनैबाट शुभकामना छ ।
नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुष्मन होइन ।
हामी पनि रास्वपाभन्दा अग्लो बन्न चाहन्छौँ, तर तपाईंहरूको खुट्ट काटेर होइन, आफ्नै खुट्टा बढाएर हो ।
हामी पनि सफा हुन चाहन्छौँ, फोहोर भएर होइन, आफैँ सफल भएर हो ।
रास्वपा नेतृत्वको सरकारले राम्रो गर्दा हामी खुलेर समर्थन गर्छौँ । नराम्रो गर्दा खबरदारी गर्न कहिल्यै खुट्टा कमाउदैनौँ ।
खुट्टा भाँच्नु पर्छ भन्ने मान्यताको हामी घोर विरोधी हौँ, कानुनअनुसार गरेको कारवाहीमा हामी घोर समर्थक हौँ ।
हामीले छिमेकीको सिमाना मिचेका छौँ भन्ने अभिव्यक्तिको हामी विरोध गर्छौँ, त्यो विषयमा रास्वपाले पनि विरोध गर्‍यो भने हामी खुलेर प्रशंसा गर्छौँ ।
विगतका कमी कमजोरीमा म शिर निहुर्‍याउँछु, आत्मग्लानी गर्छु, विगतमा गल्ती भएकै हो, त्यसका लागि हामीले त्यतीबेलै पनि हाम्रो क्षमता, हैसियत अनुसार सच्याउन प्रयास गरेकै हो ।
तर नसच्चिएपछि हामी पार्टी भित्रै विद्रोह गरेका छौँ । बाहिर लड्न भन्दा पार्टीभित्र लड्न गाह्रो हुन्छ ।
तपाईंहरू पनि पार्टीभित्र गलत हुँदा लड्न र विरोध गर्न पछि पर्नु हुँदैन ।
पार्टीभित्र गलत कार्यको विरोध गर्न नसक्नेले सुशासन ल्याउन सकिँदैन । तपाईंहरूले सुशासनका लागि सफलता प्राप्त गर्नै पर्छ ।
हामीले आफ्नै नेताहरूलाई पनि गल्ती गर्दा प्रश्न उठाउनु पर्छ, हामीले दाइ र वा बनाएर गल्ती गरियो, आफ्नै नेतालाई पनि प्रश्न गर्नु पर्दछ । नत्र सुशासन आउँदैन।
हामीले तपाईंहरूबाट धेरै सिक्न चाहन्छौँ, तर तपाईंहरूले पनि विगतबाट धेरै सिक्नु पर्छ । विगतलाई भुल्नु हुँदैन ।
आज चितवनमा सहरभरी निलो देखियो, तर त्यही भूमिका सहिदको रातो रगत छ भन्ने पनि नभुल्नु होला ।
विगतका संघर्षका कथा र योगदानहरूलाई अवमूल्यान नगर्नु होला । त्यो पनि न्यायोचित हुँदैन।
विगतमा केही नराम्रा भएकै हो, तर सबै नराम्रो भएको होइन । राम्रा भएका धेरै छन् ।
अहिले तपाईंहरू उभिएकै ठाउँमा, चितवनको यही भूमिमा २०१८ सालमा जय नेपाल भनेकै कारणले र लोकतन्त्र मागेकै कारणले ५० जनाको लाश गाडिएको थियो । आज तपाईंहरूको निलो फहराउन पाएको पनि उनीहरूकै कारणले हो । त्यसलाई नभुल्नु होला ।
निलो झण्डा फहराउँदै गर्दा भुइँमा रातो पनि छ भन्ने सम्झनु पर्दछ । त्यो पुराना आन्दोलनका बलिदान र सहिदलाई बिर्सन मिल्दैन, विगतका योगदानलाई भुल्नु हुँदैन ।
कांग्रेसले जहाँ विधि मिचिन्छ, त्यतीबेला प्रश्न गर्छ, जहिले पनि ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ५७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको