संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावितविरुद्धको उजुरी खोलिने « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावितविरुद्धको उजुरी खोलिने


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजना समेत वितरण गरिने जनाइएको छ ।

गत असार १९ गते बसेको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय समितिबाट प्रस्तावित व्यक्तिहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : १९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको