बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो « Khabarhub

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार दिउँसो करिब २:५० बजे शरीरमा आगो लगाएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार श्रीमान्-श्रीमतीले संयुक्त रूपमा सञ्चालन गर्दै आएको खाजा घर पछाडिको पार्किङ क्षेत्रमा उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। घटनालगत्तै उनका श्रीमान्‌ले आगो निभाएर तत्काल उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याएका थिए।

प्रहरीका अनुसार आगोले महिलाको अनुहार, छाती र दुवै हात गरी करिब ५० प्रतिशत भाग जलेको छ। साँखुमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल रिफर गरिएको छ।

काठमाडौँ परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घाइते महिलाको अवस्था हाल सामान्य बोल्न सक्ने रहेको छ। घटनाको मुख्य कारण र अन्य विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ८ : ५० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट