हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने « Khabarhub

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ‘ई लाइब्रेरी’ स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।

शिक्षक दरबन्दी पुनरावलोकन, मिलान र विद्यालय ‘मर्जिङ’ वा ‘डाउन साइजिङ’ गर्ने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख मीनाकुमारी लामाले बताए । शिक्षकको पद रिक्त हुँदा पठनपाठनमा हुने क्षति न्यूनीकरणका लागि कार्यान्वयनमा रहेको शिक्षक बैंक व्यवस्थालाई निरन्तरता दिइने उल्लेख गर्दै उपमहानगरपालिकाले महिला शिक्षक प्रसुति बिदामा बसेको बखत सिकाइ क्षति आपुरणका लागि प्रसुति सट्टा शिक्षक व्यवस्थालाई निरन्तरता दिइने जनाइएको छ ।

स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, अस्पताल तथा विद्यालय नर्सको परिचालनमार्फत् सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने प्रबन्धलाई निरन्तरता दिइने नगरप्रमुख लामाले बताए ।

एनजाइटी, अटिजम, बौद्धिक अपाङ्गता, ‘डाउन सिन्ड्रोम’जस्ता फरक प्रकृतिका समस्या भएका बालबालिकाको सिकाइ सुनिश्चितताका लागि आवश्यक संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संस्थागत विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाइने र सीमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन शैक्षिक सामग्री सहयोगसहित छात्रवृत्तिको व्यवस्था गरिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : १२ बजे

ट्राफिक जरिवाना घटाउन देशभरबाट सरकारको ध्यानाकर्षण, संशोधन नभए आन्दोलनको चेतावनी

काठमाडौं– प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा राखिएका ट्राफिक

गड्यौला मल उत्पादनमा किसानहरू

दाङ– सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै

अमेरिकी अतिरिक्त करप्रति क्यानाडाको कडा आपत्ति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप

सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा