क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा « Khabarhub

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने घोषणा गरेका छन्। क्यानाडाले अमेरिकी मदिरा, गाडी तथा दुग्धजन्य पदार्थमा ‘भेदभावपूर्ण व्यवहार’ गरेको आरोप लगाउँदै ट्रम्पले सोमबार उक्त निर्णय लिएका हुन्।

ह्वाइट हाउसका अनुसार आगामी ३० दिनभित्र लागू हुने यो नयाँ महसुल भ्वाइन, हक्की स्टिक र सिमेन्टसहित विभिन्न सामानहरूमा लागू हुनेछ। चालु वर्षको सुरुमा सर्वोच्च अदालतले ट्रम्पका कतिपय भन्सार दरसम्बन्धी निर्णय खारेज गरिदिएपछि उनी यसपटक सन् १९३० को ‘ट्यारिफ एक्ट’ को धारा ३३८ नामक नयाँ कानूनी व्यवस्था प्रयोग गरेर अघि बढेका हुन्।

यो नयाँ शुल्क ऊर्जा, पोटास र यसअघि नै विशेष महसुल लागिसकेका वस्तुहरूमा भने लागू हुने छैन। तर, अमेरिका, मेक्सिको र क्यानाडाबीच भएको क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसीए) अन्तर्गतका सामानहरू यसबाट प्रभावित हुनेछन्।

ट्रम्पको कदमप्रति प्रतिक्रिया दिँदै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले नयाँ महसुल घोषणा ‘युएसएमसीए’ सम्झौताको प्रत्यक्ष उल्लंघन भएको बताएका छन्। उनले अमेरिकासँगको यो विवाद समाधानका लागि आफूहरू गहन छलफल गर्न तयार रहेको समेत स्पष्ट पारेका छन्।

गत वर्ष पुनः राष्ट्रपतिमा निर्वाचित भएयता ट्रम्पले धेरै व्यापारिक साझेदार देशमाथि व्यापक भन्सार महसुल बढाए पनि उत्तर अमेरिकी व्यापार सम्झौताअन्तर्गतका वस्तुलाई छुट दिँदै आएका थिए। तर, पछिल्लो निर्णयले अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार क्यानाडासँगको सम्बन्ध थप चिसिने देखिएको छ।

ह्वाइट हाउसका अनुसार गत वर्ष ट्रम्पले बढाएको भन्सार महसुलको जवाफमा ‘काउन्टर ट्यारिफ’ लगाउने चीनबाहेक क्यानाडा मात्र अर्को देश थियो। साथै, ट्रम्पले क्यानाडालाई अमेरिकाको ‘५१ औँ राज्य’ बनाउने अभिव्यक्ति दिएपछि प्रायः क्यानाडाली प्रान्तले अमेरिकी मदिरा खरिदमा बहिष्कार गर्दै आएका छन्।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “क्यानाडाले आफ्ना पसलका र्याकबाट अमेरिकी मदिरा हटाएको छ, युरोपेली युनियनका दुग्धजन्य पदार्थलाई बजारमा सहज पहुँच दिएको छ र अमेरिका फर्किन खोज्ने कम्पनीका गाडी निर्यातमा सीमा तोकेको छ।” क्यानाडाको यो बदला र भेदभावपूर्ण व्यवहारको हिसाबकिताब गर्न नयाँ महसुल तोकिएको उनले दाबी गरे।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ५२ बजे

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

वरिष्ठ पशु चिकित्सक घिमिरेलाई सेवाबाट हटाउने निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका