कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा « Khabarhub

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं पूर्वाधार विकासको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा सोमबार हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् ।

करिब एक साताको स्थलगत अनुगमन यात्रामा रहेका मन्त्री लम्सालले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत, दैलेख, कालीकोट र जुम्लाको अनुगमन सम्पन्न गरी मुगु हुँदै हुम्ला पुगेका हुन् ।

यात्राका क्रममा उनले कर्णाली राजमार्ग, सहायक सडक, कृषि सडक, पुल, खानेपानी, सिँचाइ आयोजना तथा विद्यालयका भौतिक संरचनाको अनुगमन गरेका हुन् ।

सो क्रममा उनले सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, सडक कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, निर्माण व्यवसायी तथा स्थानीय नागरिकसँग छलफल र अन्तरक्रिया गरी स्थानीय आवश्यकता, माग र सुझाव सङ्कलन गरेका छन् ।

अनुगमनका क्रममा उनले कर्णालीको विकासका लागि सरकारको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । ‘कर्णालीवासीले उठाएका वास्तविक समस्या, आवश्यकता र माग टिपोट गर्ने काम भएको छ । यस क्रममा महत्वपूर्ण सुझाव सङ्कलन भएका छन्’, उनले भने ।

स्थानीय बासिन्दाले कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्नुपर्ने, सडक सञ्जाल विस्तार गर्नुपर्ने, पुल निर्माण, खानेपानी, सञ्चार, सिँचाइ तथा विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् ।

उनले कर्णालीका नागरिकका आवश्यकता र पूर्वाधारको वास्तविक अवस्था नजिकबाट बुझेर त्यसको प्राथमिकीकरण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले स्थलगत अनुगमन गरिएको बताए ।

उनका स्वकीय सचिव निर्मल ज्ञवालीले बजेट विनियोजन भएका सडक आयोजनाको कार्यप्रगति तथा आवश्यक संशोधनका बारेमा अध्ययन भइरहेको जानकारी दिए । यसअघि खारेज गरिएको जुम्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पुनःसञ्चालन गर्ने प्रतिबद्धता मन्त्री लम्सालले व्यक्त गरेका छन् ।

अनुगमनका क्रममा मन्त्री लम्सालले मुगुको राराताल, जुम्लाको गुठीचौर क्षेत्र तथा चन्दननाथ मन्दिरको अवलोकन गरेका छन् । मन्त्री लम्सालको सचिवालयका अनुसार कर्णाली राजमार्गको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर सडक निर्माणको यथार्थपरक खाका तयार गर्ने उद्देश्यले लम्सालले आफैँले सवारी चलाएर स्थलगत निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ९ : ५८ बजे

जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

शिक्षा र स्वास्थ्यमा कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, चालकको अवस्था गम्भीर

गण्डकी– तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस