भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन « Khabarhub

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड, छरिएका चस्मा, च्यातिएका कपडा र रगतका टाढा स्पष्टै देखिन्छन्।

सोमबार भारतीय संसद् भवन अगाडि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हजारौँ विद्यार्थीहरूमाथि प्रहरीले कडा दमन गरेपछि दिल्लीका प्रमुख सडकहरू तनावग्रस्त बनेका छन्। प्रहरीले चलाएको अश्रुग्याँस र बल प्रयोगका कारण १०० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।

व्यापक दमन र धरपकडका बाबजुद आन्दोलनकारी विद्यार्थीहरू पछि हट्न अस्वीकार गर्दै पुनः सडकमा फर्किएका छन्। ‘ककरोच जनता पार्टी’को आह्वानमा भएको प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी अंशुल देवले भने, “जुन सरकारलाई हाम्रा अभिभावकले भोट दिएर ल्याए, उसैले हामीलाई आतङ्ककारी र अपराधी जस्तो व्यवहार गरिरहेको छ। यो हाम्रै देश हो र हामी यसलाई उनीहरूको घृणाको राजनीतिबाट फिर्ता लिँदै छौँ।”

विगत दुई महिनादेखि भारतका विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षाहरूको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) र उत्तरपुस्तिकाको गलत मूल्याङ्कन भएको भन्दै लाखौँ विद्यार्थी आन्दोलित छन्। यसै धाँधली र तनावका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरिसकेका छन्। विद्यार्थीहरूले शिक्षा मन्त्रीको राजीनामा, अनशनरत अभियन्ता सोनम वाङचुकको अस्पतालबाट रिहाइ र मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग राखेका छन्।

यसैबीच, विपक्षी दल काङ्ग्रेसका नेता राहुल गान्धीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको निवासबाहिर अन्य सांसदहरूसहित धर्ना दिँदै नागरिकहरूलाई सडकमा उत्रिन आह्वान गरे। सरकार र आन्दोलनकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ। ककरोच जनता पार्टी’का प्रवक्ता आशुतोष रङ्काका अनुसार स्वास्थ्य मन्त्री जेपी नड्डासँगको वार्ता ४ घण्टा पर्खाएर १० मिनेटमा सीमित गरिएकाले समयको बर्बादी मात्र भएको बताएका छन्।

प्रहरीले आन्दोलनकारीविरुद्ध तोडफोड र हिंसाको आरोपमा ५ वटा मुद्दा दर्ता गरिसकेको छ। तर आन्दोलनको नेतृत्व गरिरहेका अभिजीत दिप्केले शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म र माग पूरा नभएसम्म प्रदर्शन नरोकिने स्पष्ट पारेका छन्।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : २३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन