बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने « Khabarhub

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीले आज राजीनामा दिने


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार मङ्गलबारदेखि नै एमाले सरकारबाट बाहिरिने निर्णय भएको हो।

सरकारबाट बाहिरिएसँगै एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज (बुधबार) मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाउँदै छन्।

संसदीय दलका नेता थपलियाले अब मिल्न सक्ने राजनीतिक शक्तिसँग सहकार्य गरेर नयाँ सरकार गठन गरिने जानकारी दिए। उनले नेकपासँग नयाँ सत्ता सहकार्य हुने दाबीसमेत गरेका छन्।

यसअघि मङ्गलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ओलीनिवास भक्तपुरमा समसामयिक राजनीतिक विषय र सत्ता समीकरणबारे छलफल भएको थियो। उक्त शीर्ष भेटवार्तालगत्तै बागमती प्रदेशमा यो नयाँ राजनीतिक घटनाक्रम विकसित भएको हो।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : ३६ बजे

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक