बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा « Khabarhub

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका छ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्।

नेकपा (एमाले) का छ जना मन्त्रीले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका तर्फबाट कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले राजीनामा बुझाएका हुन्।

काठमाडौँबाट फर्किएलगत्तै उनीहरूले मुख्यमन्त्री कार्यालय पुगेर सामूहिक राजीनामा बुझाएका हुन्। उनीहरूले सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन्। बागमतीमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर गठबन्धन सरकार बनेको थियो। बानियाँ नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ११ : २० बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका