कलाकार नारद खतिवडा ठगी आरोपमा पक्राउ, ७२ लाखको डिल « Khabarhub

कलाकार नारद खतिवडा ठगी आरोपमा पक्राउ, ७२ लाखको डिल


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका छन् ।

हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ९ ठगी गरेको आरोपमा प्रहरीले कलाकार खतिवडासहित तीन जनालाई पक्राउ गरेको हो ।

यस प्रकरणमा पक्राउ पर्नेहरूमा उदयपुर कटारी ३८ वर्षीय विक्रमबहादुर थापा र नपलपरासी सुनौल नगरपालिका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन् ।

अध्यागमन विभागले पक्राउ गरेका ९ चिनियाँलाई उनीहरूले छुटाइदिने भन्दै रकम लिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले जम्मा ७२ लाखको डिल गरेको खुल्न आएको छ ।

चिनियाँ नागरिकहरूकै सूचनामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  २ : ५२ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको