हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री « Khabarhub

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा परम्परागत सीपको पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सरकार सकारात्मक रहेको जानकारी दिए।

छलफलका क्रममा महासङ्घका प्रतिनिधिहरूले हस्तकला क्षेत्रको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका थिए। उनीहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकतामा राखेको महसुस भएको उल्लेख गर्दै आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा साझेदारी गर्न इच्छुक रहेको धारणा राखे।

महासङ्घले हाल आफ्नै पहलमा मङ्सिर २८ गते मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गरी सरकारी स्तरबाट मनाउन माग गरेको थियो। सो विषयमा प्रधानमन्त्री शाहले तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिएको बताइएको छ।

निर्यातसम्बन्धी नीतिमा पनि प्रधानमन्त्री शाहले सुधारको संकेत दिए। हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको आधारमा भइरहेको मूल्याङ्कनको सट्टा बिजक मूल्याङ्कन प्रणाली लागू गर्ने व्यवसायीहरूको सुझावलाई कार्यान्वयन गरिने बताउँदै यसबाट राजस्व वृद्धि हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, हस्तकला सामग्री निर्यातकर्ताले पाउने पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयमा प्रधानमन्त्री शाहले उक्त सुविधा पुनः निरन्तरता दिन सरकार सकारात्मक रहेको भन्दै व्यवसायीलाई आश्वस्त हुन आग्रह गरे।

महासङ्घका पदाधिकारीहरूले उद्योग विभाग परिसरमा निर्माण सम्पन्न भएको सार्क हस्तकला विकास केन्द्रको भवन हाल अन्य कार्यालयले प्रयोग गरिरहेको उल्लेख गर्दै उक्त भवन हस्तकला क्षेत्रकै प्रयोजनका लागि फिर्ता गरिनुपर्ने माग गरेका थिए।

छलफलमा उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने, सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने, परम्परागत सीप तथा कलाको संरक्षण गर्ने र हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनेलगायत विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले यी विषयमा विशेष चासो व्यक्त गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउए।

छलफलमा नेपाल हस्तकला व्यवसायी महासङ्घका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ३ : १२ बजे

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्

के विश्वविद्यालयको सम्बन्धन परिवर्तन नगरे यी कलेजका शैक्षिक कार्यक्रम बन्द हुन्छन् ?

काठमाडौं– सरकारले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन संशोधनको मस्यौदामा सुझाव माग

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको