त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने  « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउसोको सेवा बन्द हुने 


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसका अवसरमा साउन ७ गते बिहीबार अस्पतालका नियमित दिवा सेवाहरू आधा दिनका लागि बन्द रहने जनाएको छ । 

अस्पताल प्रशासनले सूचना जारी गर्दै त्रिवि दिवसको उपलक्ष्यमा अस्पताल बिहानको समयमा मात्र सञ्चालन हुने जनाएको हो। सूचनाअनुसार इमर्जेन्सी सेवाबाहेक अस्पतालबाट प्रवाह हुने सम्पूर्ण दिवा सेवाहरू बन्द रहनेछन्।

अस्पतालले सेवाग्राहीलाई यसबारे जानकारी गराउँदै आवश्यक स्वास्थ्य सेवा लिन समय मिलाउन आग्रह गरेको छ । साथै, अस्पतालको इएचएस सेवा भने दिउँसो १ बजेदेखि सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख भोजराज भट्टद्वारा सूचनामा जनाइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ३ : २५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका