कांग्रेस सांसद साहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश « Khabarhub

कांग्रेस सांसद साहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न बुधबार आदेश जारी गरेको हो ।

सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको काम गर्दै मंगलबार गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए।

कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित साहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोप थियो ।

संघीय सांसद साह र कृष्णनगर नगरपालिकाका मेयर (नगरप्रमुख) रजतप्रताप साहसहित १५–२० जनाको समूह शर्माको निवासमा प्रवेश गरेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

त्यसपछि पीडित शर्माले प्रहरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा मुद्दा दायर भएपछि सांसद साहमाथि संकट आइलागेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ४ : ०७ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा