भारतमा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु « Khabarhub

भारतमा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना अझै सुरुङभित्र फसेको आशंका गरिएको प्रहरीले बुधबार जनाएको छ।

प्रहरीका अनुसार विस्फोट हुँदा सुरुङभित्र २५ जना कार्यरत थिए। तीमध्ये २० जनाको मृत्यु भएको पुष्टि भएको वरिष्ठ प्रहरी अधिकारी सोनम डी. भुटियालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बाँकी पाँच जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार भारतको नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले निर्माण गरिरहेको करिब सात किलोमिटर लामो सुरुङ्गभित्र चट्टानमा रहेको मिथेन ग्यास अचानक विस्फोट हुँदा दुर्घटना भएको हो। घटनाका बेला सुरुङभित्र नियमित निरीक्षणमा खटिएका एनएचपीसीका उच्च तहका कर्मचारीहरू समेत रहेको जनाइएको छ।

एनएचपीसीले जारी गरेको विज्ञप्तिमा चट्टानभित्र संचित मिथेन ग्यास अचानक विस्फोट हुँदा घटनास्थलमा बाक्लो धुवाँ र विषाक्त ग्यास फैलिएको उल्लेख गरिएको छ। त्यसका कारण सुरुङ्गभित्र रहेका कर्मचारीहरू प्रभावित भएको कम्पनीले जनाएको छ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको एनएचपीसीले जनाएको छ। साथै, सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ४ : १५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल