राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन « Khabarhub

राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२-८३ मा छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व संकलन गरेको छ । 
     
आन्तरिक राजस्व कार्यालय जनकपुरधामका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८ दशमलव ४९ प्रतिशत राजस्व संकलन भएको हो । आव २०८२-८३ मा सो कार्यालयले अन्तशुल्कतर्फ दुई अर्ब ५५ कारेड सात लाख ३० हजार, आयकरतर्फ दुई अर्ब छ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ रु एक अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व संकलन गरेको छ । 

यस्तै ब्याजकरतर्फ सात करोड ७८ लाख तीन हजार, बहालकरतर्फ पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ रु चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार राजस्व संकलन भएको प्रमुख गुप्ताले बताए। 
    
कार्यालयले अघिल्लो आव २०८१-८२ मा चार अर्ब ८८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा चार अर्ब ९० करोड संकलन गरेको थियो । प्रमुख गुप्ताका अनुसार आव २०८२-८३ मा छ अर्ब ८५ करोड ७२ लाख ५५ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो । सो कार्यालयमा व्यक्तिगत र व्यावसायिक लगायत गरी एक लाख ७३ हजार नौ सय ६८ करदाता रहेका छन् । 
    
करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख गुप्ताले बताए।    

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ४ : २१ बजे

रुसमाथिका प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ट्रम्पको ६० दिनको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि