होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता « Khabarhub

होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावबीच यमनका हुथी विद्रोहीको नयाँ चेतावनी आएको छ। उनीहरूले चेतावनी दिएपछि साउदी अरबबाट भारत र चीनतर्फ कच्चा तेल बोकेर गइरहेका दुई तेल ट्यांकरले रेड सीबाट यू–टर्न लिएर स्वेज नहरतर्फ मार्ग परिवर्तन गरेका छन्।

यसैबीच अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जुलाई ७ यता इरानी आक्रमणमा करिब १०० अमेरिकी सैनिक घाइते भएको स्वीकार गरेको छ। तीमध्ये ९६ प्रतिशत सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेको पेन्टागनले जनाएको छ।

उता कतारले संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्लाई पत्र पठाउँदै हालैका इरानी आक्रमणबाट भएको सबै क्षतिको जिम्मेवारी इरानले लिनुपर्ने र पूर्ण क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानको एक आक्रमण सफल भएको स्वीकार गरेका छन्। उक्त आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको थियो।

यसैबीच इरानका गृहमन्त्री एस्कन्दर मोमेनी पाकिस्तान पुगेका छन्। उनले त्यहाँ सेना प्रमुख आसिम मुनीरसँग भेटवार्ता गरेका छन् भने पछि प्रधानमन्त्री शहबाज शरीफसँग पनि छलफल गरेका छन्।

हुथी विद्रोहीले विश्वभरका जलयात्रा कम्पनीलाई साउदी अरबका बन्दरगाहमा माल चढाउने वा झार्ने जहाजमाथि कारबाही हुन सक्ने चेतावनी दिएका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी लागू गरिएको घोषणा गर्दै साउदी बन्दरगाहसँग सम्बन्धित जहाजहरू सम्भावित निशानामा पर्ने बताएका छन्। कुन–कुन बन्दरगाह लक्षित हुने भन्नेबारे भने उनले स्पष्ट पारेका छैनन्।

इरानको दाबी : अमेरिकी अड्डामा क्षति

इरानी सेनाले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि गरिएको आक्रमणमा दुई हेलिकोप्टर क्षतिग्रस्त भएको दाबी गरेको छ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रिन्स हसन र किङ फैसल एयरबेसलाई निशाना बनाइएको थियो।

इरानले एफ–१५ लडाकु विमानका पूर्वाधार, ड्रोन उत्पादन केन्द्र र हेलिकोप्टर भण्डारण क्षेत्रमाथि आक्रमण गरिएको दाबी गर्दै ८ वटा एमक्यू-९ रिपर ड्रोन नष्ट भएको जनाएको छ। उता थप दुई वटा गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाएको छ।

पाकिस्तानको चिन्ता

पाकिस्तानले हुथी विद्रोहीले साउदी अरबलाई युद्धमा तान्न खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै साउदी अरब र रेड सीमा सञ्चालन हुने व्यापारिक जहाजमाथि दिइएको धम्कीको निन्दा गरेको छ। यस्ता गतिविधिले क्षेत्रीय सुरक्षा, समुद्री मार्गको स्वतन्त्रता तथा विश्व व्यापारमा नकारात्मक असर पार्ने उसको भनाइ छ।

साथै पाकिस्तानले साउदी अरबको सुरक्षा, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिप्रति आफ्नो पूर्ण समर्थन दोहोर्‍याएको छ।

हुथी को हुन्?

हुथी विद्रोही यमनको उत्तरी क्षेत्रमा बसोबास गर्ने जायदी शिया समुदायको सशस्त्र समूह हो। सन् १९९० को दशकमा धार्मिक–सामाजिक आन्दोलनका रूपमा सुरु भएको यो समूहले सरकारमाथि आफूहरूमाथि विभेद गरेको आरोप लगाउँदै आएको थियो।

सन् २०१४ मा हुथीहरूले राजधानी सानामाथि नियन्त्रण जमाएपछि यमन गृहयुद्धमा फस्यो। उनीहरूलाई इरानको समर्थन प्राप्त छ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमाथि उडिरहेको एक ड्रोनलाई इरानी वायु प्रतिरक्षा प्रणालीले खसालेको छ। ड्रोन कहाँ खस्यो वा त्यसको लक्ष्य के थियो भन्नेबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : १४ बजे

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित