पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु « Khabarhub

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

राष्ट्रसङ्घ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्याङ्कन गर्दै आपत्कालीन सहायता परिचालन गरिरहेका छन् । प्रभावित परिवारका लागि अस्थायी आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा, अत्यावश्यक घरायसी सामग्री तथा मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

मानवीय सहायता संस्थाहरूले राहत सामग्री पु¥याउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेका छन् । तर क्षतिग्रस्त सडक र कठिन भौगोलिक अवस्थाका कारण केही बढी प्रभावित समुदायसम्म सहायता पु¥याउन कठिनाइ भइरहेको राष्ट्रसङ्घले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  १० : ४३ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या