बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित « Khabarhub

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ । नेपाल आज बङ्गलादेश हाई–परफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको हो । नेपाल ‘ए’ दिएको १०० रनको झिनो लक्ष्य बङ्गलादेशले १०.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि जिशान आलमले अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रनको पारी खेलका हुन् ।

नेपालका लागि बलिङमा साहब आलमले मात्र एक विकेट लिन सके । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४६ रनको पारी खेले । यस्तै, साहब आलम र विपिन खत्रीले समान ११–११ तथा रिजन ढकालले १० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बङ्गलादेशका लागि बलिङमा एमडी रुबेलले चार ओभरमा १८ रन दिएर सर्वाधिक चार विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल ‘ए’ ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन्स एकेडमीविरुद्ध खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ७ : २२ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित