हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन « Khabarhub

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय समितिमा खुला पुरुष सदस्यका दुई पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत सदस्य चयन गर्न लागिएको हो ।

दुई सदस्य पदका लागि तीन जना अभिभावक उम्मेदवार बनेपछि उनीहरूबीच चुनावी प्रतिस्पर्धा भएको निर्वाचन अधिकृत जनक अधिकारीले जानकारी दिए ।

खुला पुरुष सदस्यका लागि रत्नबहादुर दाहाल, नवीनकुमार खतिवडा र पोष्टबहादुर दाहाल उम्मेदवार छन् । बिहान १० बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो २ बजेसम्म सञ्चालन हुने निर्वाचन अधिकृत अधिकारीले बताए ।

विद्यालयमा झन्डै ५ सय अभिभावक मतदाता रहेका छन् । दिउँसो १२ः३० बजेसम्म १ सय ७० अभिभावकले मतदान गरिसकेको अधिकारीले जानकारी दिए ।

मतदान सकिएपछि आजै मतगणना गरी निर्वाचित सदस्यको घोषणा गरिनेछ । सुवाश बस्नेत/दोलखा
 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : ४८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा