आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६ सेप्टेम्बर २२ तारिख। भाद्र शुक्ल पक्षको एकादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । आफ्नो मूल्यांकन आफैं गर्न नसक्दा संकट आइपर्ने छ । बाहिरका साथीको साथ मिल्नेछ । दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ ।

वृष: दिन राम्रो छ । सहकार्यमा सुरुवात गरेमा व्यापारमा लाभ हुनेछ । शिक्षा र स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । विपक्षी शान्त छन् । काम सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन: दिन सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । परिवारका कारण राजनीतिमा भय हुनेछ । जग्गाको कारोबारमा आंशिक लाभ हुनेछ । विदेशमा मन आकर्षित हुनेछ ।

कर्कट: दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । बन्धु सँगको सहकार्यले फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

सिंह: दिन राम्रो छ । धन लक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । विपक्षीले तपाईंको पक्षमा काम गर्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

कन्या: दिन राम्रो छ । सम्पत्ति खर्च भए पनि मान सम्मान बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

तुला: दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ । शिक्षाको क्षेत्रमा घाटा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

वृश्चिक: दिन राम्रो छ । मिहिनेतको फल प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । आम्दानी बढ्नेछ । व्यापारमा नाफा हुने योग छ । शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन् ।

धनु: दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ । राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ । विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर: काम बन्ने दिन छ । सोचेको  कुरा पूरा हुँदा मनमा खुसी मिल्नेछ । पठनपाठनमा रुची बढ्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

कुम्भ: दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । यात्रामा कठिनाइ आइपर्ने छ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । औषधी नियमित बन्नेछ । राजनीतिक भयको जोखिम छ ।

मीन: दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । आफ्नै कारणले साथी टाढिने भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । शिक्षामा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ५ : १३ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक