ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति « Khabarhub

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ ।

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका– १ स्थित भिग्ममा ट्रक दुर्घटनामा परेको हो । उक्त ट्रकमा ४५० कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए।

नदी किनारमा खसेका स्याउ काम नलाग्ने भई आठ लाख बराबरको क्षति भएको तातोपानी–१ का वडाध्यक्ष कर्णबहादुर कठायतले बताए । स्थानीय राँका गाउँका किसानबाट सङ्कलन गरी उक्त स्याउ बिक्रीका लागि लगिँदै थियो ।

औषधसहित दुई जना पक्राउ

यसैबीच, प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार केशव देवकोटा र नवीन न्यौपानेलाई लागुऔषधसहित पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई गुठीचौर–४ बाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ब्राउनसुगर १६ ग्राम ८६० मिलिग्राम बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : १९ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल