न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट « Khabarhub

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच भेटवार्ता भएको छ। राष्ट्रसंघ मुख्यालयमा भएको उक्त द्विपक्षीय भेटमा नेपाल र ईयूबीचको बहुआयामिक साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालै भोटेकोशीमा आएको बाढीका कारण नेपालले व्यहोर्नुपरेको कठिन स्थितिप्रति ईयूका तर्फबाट प्रकट गरिएको संवेदना र ऐक्यबद्धताका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। जलवायु परिवर्तनका कारण सिर्जित उक्त प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ लैजाने विषयमा दुवै पक्षबीच सकारात्मक कुराकानी भएको छ।

त्यस्तै, छलफलका क्रममा दुवै तर्फबाट नेपाल र युरोपेली संघबीचको दीर्घकालीन साझेदारीलाई थप गहिरो र प्रभावकारी बनाउने प्रतिबद्धता समेत दोहोर्‍याइएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ८ : ४५ बजे

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज