अर्थसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

अर्थसहित चारवटा समितिको बैठक बस्दै


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका साथै उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बसेको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान सवा ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा लगानी प्रवर्धन सम्बन्धमा नेपालमा (स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक) लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिष्य तथा प्रादेशिक स्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानीको वातावरण बनाउन आवश्यक नीतिगत एवं कानूनमा गर्नुपर्ने सुधार बारे छलफल हुनेछ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ८ : ३८ बजे

डाटा सेन्टरको समस्या समाधान, आज शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा