यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने « Khabarhub

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ । 

बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले सोमबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कतर्फ जाने क्रममा विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै बेलायती शाही वायुसेनाले साउदीका लडाकु विमानलाई हावामै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) सुविधा उपलब्ध गराउने सहमति भएको जानकारी दिएका छन् । 

बर्नहमका अनुसार यो सैन्य सहयोग केही साताका लागि मात्र हुने छ । यद्यपि, परिस्थितिको समीक्षा गर्दै सहयोगको अवधि आवश्यकताअनुसार पुनर्विचार गर्न सकिने उनले बताए ।

हुथी र साउदी समर्थित यमनी सरकारबीच द्वन्द्व पुनः चर्कियो

यमनमा हुथी विद्रोही र साउदी अरबको समर्थन रहेको यमनी सरकारबीचको द्वन्द्व पुनः चर्किएको छ । पछिल्लो समय हुथीहरूले साउदी अरबमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएका छन् । 

शनिबार हुथीहरूले साउदी राजधानी रियादलाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरेका थिए। उक्त क्षेप्यास्त्रलाई बाटोमै रोकिएको जनाइएको छ ।

हुथीहरूले साउदी अरबमाथि आक्रमण मात्र नभई बाब अल–मन्देब जलडमरूमध्य र लाल सागर हुँदै हुने साउदी समुद्री ढुवानीमा नाकाबन्दी घोषणा गरेका छन् ।

त्यस क्रममा साउदीसँग सम्बन्धित पानीजहाज तथा देशभित्रका तेलसम्बन्धी पूर्वाधारलाई समेत लक्षित गरी आक्रमण गरिएको समाचारमा उल्लेख छ ।

विश्वकै प्रमुख तेल निर्यातक साउदीमाथि दबाब

साउदी अरब विश्वकै प्रमुख तेल निर्यातक मुलुकमध्ये एक हो । त्यसैले साउदीका तेल पूर्वाधार र समुद्री ढुवानीमा हुने आक्रमणले क्षेत्रीय सुरक्षाका साथै ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ ।

बेलायतले साउदीलाई उपलब्ध गराउने भनिएको सहयोग प्रत्यक्ष हवाई आक्रमणमा सहभागी हुनेभन्दा पनि साउदीका विमानलाई लामो समयसम्म हवाई कारबाही सञ्चालन गर्न आवश्यक पर्ने हवाई इन्धन भर्ने क्षमतामा केन्द्रित हुने देखिएको छ । 

बेलायती प्रधानमन्त्रीका अनुसार यो सहयोग तत्कालका लागि सीमित अवधिको हुनेछ र आगामी अवस्थालाई हेरेर यसको निरन्तरता वा परिवर्तनबारे निर्णय गरिनेछ ।

यमनमा लामो समयदेखि जारी द्वन्द्व पछिल्लो घटनाक्रमसँगै पुनः क्षेत्रीय तनावको प्रमुख विषय बनेको छ । हुथी आक्रमणका कारण साउदी अरबको सुरक्षा, लाल सागरको समुद्री मार्ग तथा मध्यपूर्वको क्षेत्रीय स्थायित्वबारे चिन्ता थपिएको छ । रासस
 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ११ : ३५ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ