लमजुङको क्व्होलासोथार अस्पताल : पाँच वर्षमा १३ प्रतिशत काम « Khabarhub

लमजुङको क्व्होलासोथार अस्पताल : पाँच वर्षमा १३ प्रतिशत काम


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७८ साल साउन १९ गते निर्माण सम्झौता भएको थियो । अस्पताल निर्माणको काम २०८१ साल असारदेखि रोकिएको छ । काम रोकिए पनि पटकपटक थपिँदै आएको छ । पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम गर्ने भन्दै पटकपटक म्याद थप्दै गए पनि अपेक्षित रूपमा प्रगति हुन सकेको छैन ।

अस्पताल निर्माणको काम क्रमशः रोकिँदै आएको उनले बताए । निर्माण व्यवसायीलाई काम अघि बढाउन पटकपटक ध्यानाकर्षण गराए पनि अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ छ । हालसम्म करिब एक करोड ८३ लाख बराबरको काम भएको उनले जानकारी दिए ।

गाउँपालिकाका सव इन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानको काम भएको छ । त्यसपछि निर्माण रोकिएको उनले बताए । उनका अनुसार निर्माण सम्झौताको दुई वर्षसम्म पनि कामले अपेक्षित गति लिन सकेको थिएन । उक्त अवधिमा करिब पाँच–छ प्रतिशत मात्रै काम भएको थियो ।

सुरुमा जग खन्ने तथा जमिन सम्याउनेलगायतका काम भएको उनले बताए । पटकपटक म्याद थप्दा पनि काम अघि नबढेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले निर्माण व्यवसायीले काममा ढिलाई गर्दा अस्पताल निर्माणमा अपेक्षित प्रगति हुन नसकेको बताए । पछिल्लो पटक तीन महिनाका लागि म्याद थपिएकाले सो अवधिमा काम अघि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । ‘अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ’, उनले भने ।

अस्पताल निर्माणका लागि गाउँपालिकाले करिब २० करोड लागत अनुमान गरेको थियो । निर्माण सम्झौता भने १३ करोड ३० लाखमा भएको हो । सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको अस्पताल २०७७ साल मङ्सिर १५ गते शिलान्यास गरिएको थियो ।

अस्पताल निर्माण सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : ०३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा