रास्वपा सांसदले नै भनिन्- चालकलाई दोष थोपरेर समस्या समाधान हुँदैन, चालक र यात्रुसँग ट्राफिकको व्यवहारको समीक्षा हुनुपर्‍यो « Khabarhub

रास्वपा सांसदले नै भनिन्- चालकलाई दोष थोपरेर समस्या समाधान हुँदैन, चालक र यात्रुसँग ट्राफिकको व्यवहारको समीक्षा हुनुपर्‍यो


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद धितालले सडकमा राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार एवं कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने र आवश्यक सुधार गरिनुपर्ने बताएकी हुन् ।

उनले त्रिपुरेश्वरमा भएको घटनाबारे बाहिर आएका विवादास्पद विगत वा सूचनाहरूमा थप अनुसन्धान गरी प्रहरीले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरिन् ।

उनले चालकहरूको आत्मसम्मान, इज्जत, न्यूनतम पारिश्रमिक, खानपान, आराम, काम गर्ने लामो समय तथा शारीरिक एवं मानसिक स्वास्थ्यको परीक्षण नहुनु संवेदनशील विषय भएको बताइन् । 

चालकलाई मात्र दोष थोपारेर समस्या समाधान नहुने भन्दै उनले राज्य, सम्बन्धित निकायहरू, यातायात व्यवसायी तथा स्वयं चालक समेत गम्भीर हुनुपर्ने धारणा राखिन् । 

त्यस्तै अन्य सांसदहरूले त्रिपुरेश्वरमा भएको घटनाप्रति दुख व्यक्त गर्दै सार्वजनिक सवारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर हुनुपर्ने बताएका छन् । साथै उनीहरूले उक्त घटनामा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : ५२ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी