अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम अझै उच्च « Khabarhub

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम अझै उच्च


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अस्ट्रेलियाली रक्षा बल (एडीएफ) का वर्तमान तथा पूर्वसदस्यमा आत्महत्याको दर पछिल्ला वर्षहरूमा घट्दै गए पनि सामान्य जनसंख्याको तुलनामा जोखिम अझै उच्च रहेको सरकारी प्रतिवेदनले देखाएको छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९९७ देखि २०२४ सम्म एडीएफका वर्तमान तथा पूर्वसदस्यमध्ये एक हजार ९०७ जनाको आत्महत्याका कारण मृत्यु भएको थियो । तीमध्ये एक हजार ५९२ जना पूर्वसैनिक थिए ।

प्रतिवेदनअनुसार उक्त अवधिमा एडीएफबाट अवकाश लिएका पुरुषको आत्महत्या दर प्रति एक लाख जनसंख्यामा ३०.५ मृत्यु थियो । यो सोही अवधिको सामान्य पुरुष जनसङ्ख्याको आत्महत्या दरभन्दा २४ प्रतिशत बढी हो ।

पूर्वसैनिक महिलामा यो अन्तर अझ ठूलो देखिएको छ । सो अवधिमा पूर्वसैनिक महिलाको आत्महत्या दर प्रति एक लाख जनसंख्यामा १४.३ मृत्यु रहेको थियो, जुन सामान्य महिला जनसंख्याको तुलनामा ९२ प्रतिशत बढी हो ।

यद्यपि, पुरुष र महिला दुवै पूर्वसैनिकमा दीर्घकालीन रूपमा आत्महत्याको दर घट्दो क्रममा रहेको एआईएचडब्ल्यूले जनाएको छ । तीन–तीन वर्षको अवधिमा तथ्यांक विश्लेषण गर्दा पछिल्ला वर्षहरूमा पूर्वसैनिक पुरुष तथा महिलाको आत्महत्या दरमा उल्लेख्य गिरावट देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले आत्महत्याको दरमा सुधार देखिए पनि पूर्वसैनिक समुदायमा जोखिम सामान्य जनसङ्ख्याको तुलनामा अझै उच्च रहेको जनाएको छ ।

सन् २०२४ मा आफ्नो अन्तिम प्रतिवेदन सार्वजनिक गरेको रक्षा तथा पूर्वसैनिक आत्महत्यासम्बन्धी रोयल कमिसनले पनि पूर्वएडीएफ सदस्यको मानसिक स्वास्थ्य र नागरिक जीवनमा पुनःस्थापित हुने क्रममा उनीहरूले सामना गर्ने चुनौतीलाई प्रमुख विषयका रूपमा उठाएको थियो ।

रोयल कमिसनका अनुसार प्रत्येक तीनमध्ये एक पूर्वएडीएफ सदस्यले उच्चदेखि अत्यधिक स्तरको मनोवैज्ञानिक तनाव अनुभव गरेका थिए ।

कमिसनले सन् २०२४ मा सरकारसमक्ष १२२ वटा सिफारिस प्रस्तुत गरेको थियो । तीमध्ये पूर्वसैनिकलाई सैन्य सेवाबाट नागरिक जीवनमा प्रवेश गर्ने क्रममा सहयोग गर्न नयाँ सरकारी निकाय स्थापना गर्नुपर्ने सिफारिस पनि थियो ।

सरकारी प्रतिवेदनले पूर्वसैनिकमा आत्महत्याको दर घट्दै गएको देखाए पनि जोखिम न्यूनीकरणका लागि मानसिक स्वास्थ्य सेवा, सैन्य सेवाबाट नागरिक जीवनमा सङ्क्रमणका क्रममा सहयोग तथा जोखिममा रहेका व्यक्तिका लागि प्रभावकारी सहायता प्रणाली आवश्यक रहेको देखाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  २ : १३ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा