मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो « Khabarhub

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ । 

मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ३ देखि १५ गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन भएको हो । मुलुकमा रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमालपारिको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्थले बताए। 

उक्त उत्सवमा सहभागी हुन पुगेका पर्यटक मार्फा क्षेत्रका स्याउ बगानमा लर्को लागेको देखिन्छ । स्याउ टिप्ने र बजारमा पठाउने मुख्ययाम सुरु भइसकेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई स्याउ बारी रम्ने महत्त्वपूर्ण अवसरको प्रदान गरेको छ । 

स्याउ बारीमै पुगेर उत्सव मनाउन चाहने पर्यटक तथा स्थानीयलाई केन्द्रले २०० को प्रवेश शुल्क कायम गरेको केन्द्र प्रमुख पन्थले जानकारी दिए । 

स्याउ टिप्ने क्रममा हाँगा भाँचिएर बोटमा क्षति पुगेमा एक हजार जरिवाना बुझाउनुपर्ने प्रावधान राखिएको छ । विसं २०२३ मा स्थापना भएको केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीसहित अन्य बालीका बिरुवाको बिक्री र उत्पादन गर्दै आएको छ ।
 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : ०५ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी