फुर्केखोला पुल निर्माण गर्न उद्योगी–व्यवसायीको माग « Khabarhub

फुर्केखोला पुल निर्माण गर्न उद्योगी–व्यवसायीको माग


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धादिङ– रसुवा बाढीले बगाएको फुर्केखोला पुल तत्काल निर्माण गरी पृथ्वी राजमार्गसँग सम्पर्क पुनःस्थापना गर्न  उद्योगी–व्यवसायीले माग गरेका छन् ।

धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा जिल्लाका उद्योगी–व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै पुल निर्माण, वैकल्पिक सडक मर्मत सम्भार तथा बाढी प्रभावित उद्योग–व्यवसायको पुनःस्थापनाका लागि विशेष राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

गत भदौ १० गतेको बाढीले त्यहाँको पुल बगाएपछि धादिङबेँसीसहित जिल्लाको मध्य तथा उत्तरी क्षेत्रका आठ स्थानीय तहको पृथ्वी राजमार्गसँगको सिधा सडक सम्पर्क टुटेको छ । 

वैकल्पिक सडक साँघुरो र अप्ठ्यारो हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको उल्लेख गर्दै व्यवसायीले स्थायी पुल निर्माण नहुँदासम्म तत्काल अस्थायी बेलीब्रिज निर्माण गरी आवागमन सहज बनाउन आग्रहसमेत गरेका छन् ।

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरो तथा बाढीले क्षति पुऱ्याउँदा आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । बाढीबाट प्रभावित उद्योगी–व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको साँवा–ब्याज भुक्तानीमा कम्तीमा एक वर्षको मिनाह गरिदिन माग गरिएको छ ।

क्षतिको आधारमा ब्याजमा सहुलियत तथा आंशिक मिनाहा, कर्जा पुनःसंरचना र पुनर्तालिकीकरणको व्यवस्था गर्न तथा प्रभावित ऋणीलाई कालोसूचीमा पर्नबाट जोगाउन नेपाल राष्ट्र बैंकमार्फत आवश्यक व्यवस्था गर्न पनि ज्ञापन पत्रमा आग्रह गरिएको छ ।

दसैँ–तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा सडक सञ्जाल र आपूर्ति व्यवस्थालाई सहज तुल्याउन प्रभावकारी अभियान अघि बढाउन सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीले आग्रह गरे।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : ३४ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा