विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो « Khabarhub

विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिल र बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

विश्लेषक भरतमणि दाहालको हकमा डेनिका दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेतलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।

रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ?’ भन्दै विपक्षीका नाममा आदेश भएको हो ।

आदेशमा निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने भए त्यसका आधार र कारणसहित आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

सर्वोच्चले निर्धारित अवधिभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि मुद्दालाई नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ तथा अधिवक्ताहरू युवराज कोइराला, शान्ति ढुंगाना, शुभाष सिंह धामी र निकेश धितालले बहस गरेका थिए।

राजनीतिक विश्लेषक दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट ४ असोज बिहान पक्राउ गरेको थियो ।

उनी पछिल्लो समय वालेन्द्र शाह सरकारका विरुद्ध सार्वजनिक रुपमा बोलिरहेका थिए । साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको थियो । दाहालविरुद्ध ब्यूरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ३ : ४४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली