किमद्वारा नयाँ हतियार प्रणालीको परीक्षण निरीक्षण « Khabarhub

किमद्वारा नयाँ हतियार प्रणालीको परीक्षण निरीक्षण


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार प्रणालीको परीक्षण निरीक्षण गर्दै उक्त प्रणालीलाई देशको उन्नत सैन्य प्रविधिको प्रमाणका रूपमा प्रशंसा गरेका छन् ।

दक्षिण कोरिया र जापानले प्योङयाङबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जनाएको दुई दिनपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षणसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार मिसाइल ब्युरोले आइतबार किमको उपस्थितिमा नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको थियो । यद्यपि परीक्षण गरिएको हतियारको प्रकार भने प्योङयाङले खुलाएको छैन ।

किमले परीक्षणलाई ‘अत्याधुनिक रक्षा प्रविधिको उल्लेखनीय प्रदर्शन’ भन्दै यस प्रकारको प्रविधिले विरोधीका लागि गम्भीर चुनौती सिर्जना गर्ने बताएको केसीएनएले जनाएको छ ।

नयाँ सैन्य प्रविधि हासिल गर्नु देशको युद्ध तयारी तथा सशस्त्र सेनाको भावी विकासका लागि महत्वपूर्ण रहेको किमको भनाइ थियो ।

यसअघि उत्तर कोरियाले पूर्वी सागरतर्फ छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दै त्यसलाई संयुक्त फायरपावर अभ्यासका रूपमा प्रस्तुत गरेको थियो ।

दक्षिण कोरिया र जापानले पछिल्लो क्षेप्यास्त्र परीक्षणको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको बताएका छन् । सियोलले उक्त प्रक्षेपण संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको उल्लङ्घन भएको दाबी गर्दै उत्तर कोरियालाई क्षेप्यास्त्र गतिविधि रोक्न आग्रह गरेको छ । जापानले पनि परीक्षणप्रति कडा विरोध जनाएको छ ।

उत्तर कोरियाले आफू आणविक हतियार सम्पन्न राष्ट्र भएको आफ्नो हैसियत स्थायी र अपरिवर्तनीय रहेको बताउँदै आएको छ । गत साता उसले आफ्ना आणविक गतिविधि रोक्न माग गर्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले पारित गरेको प्रस्ताव अस्वीकार गरेको थियो । प्योङयाङले उक्त प्रस्तावले आफ्नो आणविक हैसियतमा कुनै प्रभाव नपार्ने बताएको थियो ।

किमकी बहिनी किम यो जोङले पनि हालै उत्तर कोरियाको आणविक हैसियत ‘निरपेक्ष’ रहेको बताए।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ४ : २८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा