कम्युनिस्ट घटकबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति « Khabarhub

कम्युनिस्ट घटकबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ । 

पार्टी कार्यालय पेरिसडाडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । 

समितिमा समितिमा प्रकाश ज्वाला, देव गुरुङ र गंगानारायण श्रेष्ठ रहेका छन् । वार्ता समितिले बुधबारबाट नै काम सुरु गर्ने प्रवक्ता ज्वालाले बताए । 

उनले विप्लव समूहबाट विभाजित नेपाल कम्युनिस्ट पार्टी, एमाले लगायतका सम्पूर्ण वामपन्थी दलहरूसँग संवाद र वार्ता अगाडि बढाउने जानकारी दिए  ।

त्यस्तै बैठकले आगामी असोज १५ देखि मंसिर १५ गतेसम्म देशव्यापी दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

केन्द्रदेखि वडा, टोल र जनताको घरदैलोसम्म पुग्ने गरी अभियान चलाइने र यसको विस्तृत कार्यविधि दसैँअगाडि बस्ने सचिवालय बैठकले पारित गर्ने उनले जानकारी दिए । 

साथै बैठकले बाढी पीडितको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा पार्टीका तर्फबाट सहयोग गर्न पहिले नै गठित समन्वय समितिलाई जिम्मेवारी दिइएको उनले बताए ।

 प्रवक्ता ज्वालाले दुई महिने अभियानपछि आवश्यकता अनुसार संसद् र सडक दुवै मोर्चाबाट जनजीविका र राष्ट्रिय स्वाधीनताका मुद्दामा आन्दोलनका कार्यक्रम अघि बढाइने उल्लेख गरे । 

उनले बाढी पहिरोले कार्य तालिकामा केही असर पारे पनि पार्टीभित्र नेतृत्व हस्तान्तरणको कुनै किचलो नरहेको र महाधिवेशनले नै नीति, विधि र नेतृत्वको अन्तिम टुंगो लगाउने स्पष्ट पारे ।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि देखिएका चुनौतीबारे बैठकमा ब्रिफिङ गरेको ज्वालाले बताए । 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : ३९ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र