आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर २२ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि । आज पापाङ्कुशा एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ ।  बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा उत्साह  बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।

वृष : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफ्ना साथीले भने साथ नदिएर दुख दिने जोखिम रहेको छ । व्यापारमा नाफा हुनेछ । राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। मिहिनेतको फल मिल्नेछ ।

मिथुन : भाग्य राम्रो छ । थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ ।

कर्कट : आजको दिन सुखद् रहेको छ । आज व्यापारमा गरेको मिहिनेतबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।

सिंह : व्यापारमा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्तीले सताउने छ । राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको तर्फबाट भने सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । घर भित्र काम गर्दा सचेत बन्नु उचित हुन्छ ।

कन्या : आज गरेको कामबाट फाइदा हुनेछ । तपाईंको कला र गलाको प्रसंसा हुनेछ । स्वास्थ्यमा समस्या बढ्नसक्छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए सफलता मिल्नेछ । हरेक काममा सहयोगी बढ्ने छन् ।

तुला : आज हिम्मत गरेर काम गर्नुपर्ने दिन छ । बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : धेरै झन्झट देखिने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार हुने योग छ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

धनु : दिन राम्रो  छ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर मिल्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ । विपक्षीले तपाईंको निन्दा गर्नेछन् । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुधार हुनेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने छ ।

मकर : दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ । साथीसँग व्यवहार गर्दा तीन पटक सोच्नु उचित हुन्छ ।

कुम्भ : दिन राम्रो छ । लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ । समय दिन सकेमा सफलता मिल्नेछ । जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ ।

मीन : दिन सामान्य छ । बोल्दा सचेत बन्नुपर्ने समय छ । बोली गोली जस्तै हुने भएकाले सोचेर बोल्नु उचित हुन्छ । आम्दानीभन्दा खर्च बढ्नेछ । परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । उत्तरको यात्रा नगर्नु उचित हुनेछ ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ६ : १० बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच