विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट « Khabarhub

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् । 

जस्तापाताको छाना तथा ढुङ्गा-माटोले बनेको दुईतले घरमा विद्युत्को फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले आगलागी  नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए । आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, महत्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । 

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ३ : ०९ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म