पर्सामा एक महिनामा ११८ अपराधका उजुरी, १२२ जना पक्राउ « Khabarhub

पर्सामा एक महिनामा ११८ अपराधका उजुरी, १२२ जना पक्राउ


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यसै अवधिमा विभिन्न घटनासम्बन्धी मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२ जना पक्राउ गरिएको छ ।

त्यस अवधिमा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीसम्बन्धी आठ,  आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
 
सोही अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दासँग सम्बन्धित ८५ जना पक्राउ परेको उनले बताए । 

अदालतले उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्न पर्ने निर्णय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गत कात्तिकमा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक,  बैङ्किङ कसुरका १४, ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना जिल्लामा दर्ता भएका छन् ।

त्यस्तै, लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले त्यस अवधिमा १४ वटा मुद्दा दर्ता गरेको र त्यसमा संलग्न भएको अभियोगमा १७ जनालाई पक्राउ गरेको छ ।

त्यस क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको जनाइएको छ ।

त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुल बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ । 

गत महिना लागूऔषध दुरुपयोग नियन्त्रण तथा सचेतनाका लागि प्रहरीले ३१ वटा कार्यक्रममार्फत ५१४ जनालाई सचेतना दिलाएको छ ।

प्रहरीले पछिल्लो समयमा अपराध न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न जिल्लाका विभिन्न स्थानमा सिसिटिभी जडान, ‘क्युआर’ तथा ‘डिजिटल’ निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई चुस्त तुल्याएको जानकारी दिएको छ ।

त्यस्तै, ‘मोबाइल क्विक रेस्पोन्स’ टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको ‘कमान्ड’मा ‘चेकिङ’ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

पछिल्लो समय प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिको विगतका घटनामा संलग्नताका आधारमा ३५ वटा ‘प्रोफाइल’ पनि तयार गरेको प्रवक्ता मल्लले जानकारी दिए । रासस
 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ८ : २७ बजे

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

काठमाडौँ– १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद्

पर्सामा एक महिनामा ११८ अपराधका उजुरी, १२२ जना पक्राउ

वीरगञ्ज– गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी

राइजिङ स्टार्स एसिया कपमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्स  क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

सोलुखुम्बु– यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा

सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा