मुस्ताङ भन्सार कार्यालयबाट चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व « Khabarhub

मुस्ताङ भन्सार कार्यालयबाट चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा रु १२ अर्ब ५५ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य रु नौ अर्ब रहेको छ ।
 
पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिए ।

कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा रु ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ ।

त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात  भएको छ ।

त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट रु २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ । नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए । रासस
 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १२ : २० बजे

करिब पाँच क्विन्टल गाँजासहित एकजना नियन्त्रणमा

सुनसरी– जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३

४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो

काठमाडौँ– नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपाल ‘फिल्डिङ’मा

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड

मुस्ताङ भन्सार कार्यालयबाट चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ– नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार