एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपाल ‘फिल्डिङ’मा « Khabarhub

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपाल ‘फिल्डिङ’मा


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस जितेर ‘फिल्डिङ’ रोजेको छ ।

नेपाल र युएईबीचको खेल दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भइरहेको छ । जारी प्रतियोगितामा दुईवटै टोली पहिलो जितको आफ्नो पक्षमा पार्ने सोचमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।

पहिलो खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको थियो । त्यस खेलमा भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो । उक्त खेलमा नेपालले ३०६ रनको फराकिलो पराजय व्यहोरेको थियो ।

नेपाल सानदार पुनरागमन गर्दै युएईलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । उक्त प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले समूह चरणमा पाकिस्तान ‘ए’ विरुद्ध पनि खेल्ने तालिका छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १२ : २३ बजे

मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो-२०२६’

काठमाडौँ– घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित

करिब पाँच क्विन्टल गाँजासहित एकजना नियन्त्रणमा

सुनसरी– जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३

४६ वर्षपछि नेपाल फर्किँदै जापानी सांगीतिक समूह गोडाइगो

काठमाडौँ– नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपाल ‘फिल्डिङ’मा

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड

मुस्ताङ भन्सार कार्यालयबाट चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड बढी राजस्व

मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा