यूएईविरुद्ध ओपनर कुशल भुर्तेलले बनाए अर्धशतक « Khabarhub

यूएईविरुद्ध ओपनर कुशल भुर्तेलले बनाए अर्धशतक


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

यूएईलाई १२१ रनमा अलआउट गरेको नेपालले पाएको १२२ रनको लक्ष्य पछ्याउनेक्रममा ओपनर भुर्तेलले अर्धशतक हिर्काएका हुन् ।

उनले ४९ बलको सामना गर्दा पाँच चौका र एक छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । नेपालले सय रन पूरा गर्दा १८ ओभरको खेल सकिएको छ ।

टस जितेर फिल्ड रोजेको नेपालले ४० ओभरको अन्तिम बलमा १२१ रन बनाएको यूएईलाई अलआउट गरेको हो ।

पहिला ब्याटिङ गरेको यूएईका लागि मोहमद साहादले सर्वाधिक ४० रन बनाए भने हरर्पित सिंहले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । यूएईलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीनतीन विकेट हात पार्दा नन्दन यादव, राशिद खान र ललितनारायण राजवंशीले एकएक विकेट लिए ।

नेपाल र युएईबीचको खेल दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भइरहेको छ । जारी प्रतियोगितामा दुईवटै टोली पहिलो जितको आफ्नो पक्षमा पार्ने सोचमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।

पहिलो खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको थियो । त्यस खेलमा भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो । उक्त खेलमा नेपालले ३०६ रनको फराकिलो पराजय व्यहोरेको थियो ।

नेपाल सानदार पुनरागमन गर्दै युएईलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । उक्त प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले समूह चरणमा पाकिस्तान ‘ए’ विरुद्ध पनि खेल्ने तालिका छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ४ : ३४ बजे

प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्रीले गरे स्वागत (तस्बिरहरु)

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

यूएईविरुद्ध ओपनर कुशल भुर्तेलले बनाए अर्धशतक

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड

जनकपुरधाम-अयोध्या सिधा रेल सेवाले धार्मिक पर्यटन र अर्थतन्त्रमा नयाँ उत्साह

जनकपुरधाम – भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता

भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई इन्दिरा गान्धी

बालेन दिल्लीमा : निसर्त महेन्द्रनगर हवाई मार्ग र धनगढी विमानस्थल स्तरोन्नतिको मुद्दा उठाउन माग

काठमाडाैँ – प्रधानमन्त्री वालेन्द्र शाहको आइतबारदेखि सुरु भएको भारतको राजकीय