नयाँ दिल्ली – नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा। एस। जयशंकरबीच भेटवार्ता भएको छ ।
भारतको नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबीच भेटवार्ता भएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेट गरेका हुन् ।
यसअघि विदेशमन्त्री जयशंकरले सोही होटलमा प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेका थिए ।
भोलि हुने नेपाल र भारतका प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ताको तयारीका विषयमा दुई परराष्ट्रमन्त्रीबीच छलफल भएको बताइएको छ ।
भेटमा उच्चस्तरीय वार्तामा उठाइने विषय, दुवै देशले दिने सन्देश तथा सम्भावित सम्झौताका विषयमा कुराकानी भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।














प्रतिक्रिया