कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन « Khabarhub

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्ताल्या – विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस जलवायु सम्झौताको लक्ष्य कार्यान्वयन गर्ने विषयमा सहमति जुट्न नसक्दा कोप–३१ सम्मेलन अन्योलपूर्ण अवस्थामा टुङ्गिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी)का आगामी वैज्ञानिक प्रतिवेदन प्रकाशनको समयतालिकाबारे साउदी अरेबिया, भारत र केन्याले असहमति जनाएपछि वार्तामा थप विवाद भएको हो । सन् २०२८ मा हुने उत्सर्जन न्यूनीकरण प्रयासको समीक्षाअघि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका राष्ट्रहरूको माग छ ।

मस्यौदामा तापक्रम वृद्धि १।५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिमप्रति चिन्ता व्यक्त गरिए पनि त्यसलाई रोक्ने ठोस उपायमा सहमति हुन सकेन । बेलायतकी जलवायु वार्ताकार केट ह्युजले प्रस्तावित दस्तावेजले जलवायु विज्ञान र सामूहिक महत्वाकांक्षालाई कमजोर बनाएको बताए ।

त्यसैगरी, विकासशील राष्ट्रलाई जलवायु अनुकूलनका लागि सहयोग गर्ने एक खर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि असन्तुष्टि बढेको छ । मार्सल टापुकी जलवायु दूत क्याथी जेटनिल–किजिनरले आर्थिक सहयोगबिना जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुने बताए ।

नेपालसहित विश्वका विभिन्न क्षेत्रमा जलवायुजन्य विपद् बढिरहेका बेला उत्सर्जन न्यूनीकरण र प्रभावित राष्ट्रलाई सहयोग गर्ने विषयमा ठोस निर्णय हुन नसक्दा सम्मेलनको समापन निराशाजनक बनेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ८ : ४६ बजे

भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै भिल्लारियललाई

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

अन्ताल्या – विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली – नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

पेरिस – फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले