भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित « Khabarhub

भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै भिल्लारियललाई पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–२ गोलले हराएको हो । दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दै रोमाञ्चक जित निकालेको हो ।

खेलमा भिल्लारियलले सुरुवातमै अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा टाजोन बुकाननले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै तानी ओलुवासेयीले गोल गरेपछि भिल्लारियलले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमै खेलमा फर्कने अवसर पाएको बार्सिलोनाका लामिन यमलले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर फर्किएपछि बार्सिलोना पहिलो हाफमा दुई गोलले पछि रह्यो ।

तर दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ५६औँ मिनेटमा जेरार्ड मार्टिनले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

त्यसको चार मिनेटपछि अर्थात् ६०औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याए ।

लगातार दबाब बनाएको बार्सिलोनाले ६६औँ मिनेटमा अग्रता लिन सफल भयो । एरिक गार्सियाको क्रसलाई रोक्ने क्रममा भिल्लारियलका पाउ नाभारोबाट आत्मघाती गोल भएपछि बार्सिलोनाले ३–२ को अग्रता बनायो ।

त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । खेलको अन्तिमतिर दोस्रो पहेँलो कार्ड पाएपछि नाभारो मैदानबाट बाहिरिएका थिए ।

यस जितसँगै बार्सिलोनाले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ । १३ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा बार्सिलोना तीन अंकले अघि रहेको छ ।

उता भिल्लारियल भने १५ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ९ : ०२ बजे

भिल्लारियलविरुद्ध बार्सिलोनाको सनसनीपूर्ण पुनरागमन जित

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै भिल्लारियललाई

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन

अन्ताल्या – विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली – नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

पेरिस – फ्रान्समा प्रदर्शन नियन्त्रणका लागि प्रहरीले प्रयोग गर्ने अश्रुग्यासले