काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को छायाङ्नक सकिएको छ ।
३३ दिन लगाएर उक्त फिल्मको छायाङ्कन सकिएको निर्देशक गुरुङले बताए । पोखरामा उक्त फिल्मको इन्ड क्ल्याप गरिएको हो ।
छायाङ्कन चाँडो सक्न व्यस्त तालिकामा खट्ने कलाकार र प्राविधिकलाई उनले कृतज्ञतासमेत व्यक्त गरे ।
पोस्ट प्रोडक्सनको प्रगति हेरेर फिल्मको प्रलदर्शन मिति तोक्ने उनले बताए ।
उनी भन्छन्, ‘अहिले प्रदर्शन मिति तोक्दा हतारमा काम गर्नुपर्छ । हतारको कामको नतिजा राम्रो नहुन सक्छ । दर्शकलाई राम्रो फिल्म देखाउने हाम्रो चाहाना हो । प्रोस्ट प्रोडक्सनको गति हेरेर प्रदर्शन मिति तोक्छौं ।’
यस फिल्ममा नायक दयाहाङ राई, सुनील थापा, पशुपति राई र गौमाया गुरुङ शीर्ष भूमिकामा रहेको बताइएको छ ।
यो फिल्मको लेखक र निर्देशक गरुङ आफैँ हुन् । उनी पछिल्लो समय अभिनयसँगै समय लेखन र निर्देशनमा पनि छन् ।
उनको डेब्यू निर्देशन रहेको फिल्म ‘दयारानी’ हो । जसले बक्स अफिसमा मध्यम व्यापार गरेको थियो ।













प्रतिक्रिया