‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’ « Khabarhub

‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने बताएका छन् ।

आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने पनि उनले बताएका छन् ।

बिहीबार झापाको दमक नगरपालिका-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्वमाओवादी केन्द्र) का नेता गगन पुरीको घर अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।

गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वंश मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए ।

जेन-जीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई ओलीले आश्वस्त पार्न खोजे ।

‘सधैँ अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ, बरू उजरी–निवेदन लगायत प्रक्रिया चाहिँ अघि बढाउनु होला’, उनले भने ।

नेता पुरीले आफूले सबै प्रमाण संकलन गरिसकेको बताउँदै कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको उल्लेख गरेका छन् ।

आगजनी र तोडफोडका क्रममा क्रममा सबै सम्पत्ति लुटिएको, घरायसी सामान जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताए ।

क्षतिग्रस्त घर अवलोकन गर्न पुगेका पूर्वप्रधानमन्त्री ओलीलाई पुरीले फूलले स्वागत गरे । नेता पुरीको घर अवलोकनपछि एमाले अध्यक्ष ओली दमकस्थित तत्कालीन माओवादीको पार्टी अवलोकन गर्दै गौरादहतर्फ लागेका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ४० बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष