स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो « Khabarhub

स्वागत नेपालालई बोलायो साइबर ब्यूरोले, राप्रपा भन्छ : सरकारले नियोजित दबाब दिन खोज्यो


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट झापा क्षेत्र नम्बर २ का उम्मेदवार स्वागत नेपाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ।

पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले झापा–२ का पार्टी उम्मेदवार नेपाललाई सरकारी संयन्त्रले दबाब दिन खोजेको आरोप लगाएका छन् ।

श्रेष्ठले स्वागत नेपाल अब एक्लो नरहेको उल्लेख गरेका छन् । उनले दिवंगत वरिष्ठ नेता दीपक बोहोराले अस्वस्थ अवस्थामै एक शब्द नबोली चुनाव लडेर बहालवाला गृहमन्त्रीलाई पराजित गरेको इतिहास राप्रपासँग रहेको स्मरण गराए ।

श्रेष्ठले भने, ‘झापा–२ का उम्मेदवार, अधिवक्ता स्वागत नेपालले विगतमा दिएको अभिव्यक्तिका आधारमा अहिले सरकारी संयन्त्रले निरुत्साहित गर्ने प्रयास गरिरहेको छ, जुन आपत्तिजनक छ ।’ उनले स्वागत नेपाल नबोल्ने वा कानुन नजान्ने व्यक्ति नभएको स्पष्ट पारे ।

राप्रपाले देशभर उम्मेदवारी दिएर कुशासन र भ्रष्ट व्यवस्थाविरुद्ध वैकल्पिक धार सिर्जना गरेपछि सरकार राप्रपाका उम्मेदवारविरुद्ध अनावश्यक र पुराना विषय उठाएर आक्रमणमा उत्रिएको श्रेष्ठको आरोप छ ।

यसैक्रममा झापा–२ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्यूरो भोटाहिटीबाट फोन गरी उपस्थित हुन भनिएको उनले बताएका छन् ।

स्वागत नेपाल पार्टीमा समाहित हुनुअघि दिएका अभिव्यक्ति र राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा भएको कार्यक्रममा बोलेका विषयलाई आधार बनाएर पक्राउ गर्न खोजिएको उनले बताए । ती अभिव्यक्ति दिँदा स्वागत नेपाल राप्रपामा आबद्ध भइनसकेको पनि उनले उल्लेख गरेका छन् ।

सिंहदरबार जलाउने अभिव्यक्ति दिनेहरूले व्यवहारमै त्यस्तो काम गरिसक्दा पनि स्वागत नेपाललाई बोलेकै आधारमा दुःख दिने नियत अवाञ्छित भएको श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले दलको टिकट लिएर चुनावमा होमिएका उम्मेदवार पार्टीले तोकेको तालिकाअनुसार अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

स्वागत नेपाल अहिले झापा–२ को चुनावी प्रचारमा व्यस्त रहेको श्रेष्ठले बताए । यदि सरकार प्रचारमा सहयोग गर्न लागेको हो भने स्वागतयोग्य भए पनि अनावश्यक दुःख दिएर चुनावी गतिविधि अवरुद्ध गर्ने प्रयास सह्य नहुने चेतावनी उनले सरकारलाई दिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ५० बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६