शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ « Khabarhub

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन आफूले मध्यमार्गी बाटो रोजेको जिकिर गरेका छन् ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैँचामा कांग्रेसका समर्थकहरूसँग कुराकानीका क्रममा कोइरालाले आफू दोस्रो विशेष महाधिवेशनमा नगएर पार्टी विभाजन रोक्न भूमिका खेलेको बताए ।

त्यसबेला एउटा समूह विशेष महाधिवेशन र अर्को नियमित महाधिवेशन भनेर हिँड्दा आफूले मध्यमार्गी बाटो रोजेको उनले बताएका छन् । ‘त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ’, उनले भने ।

आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी दुई टुक्रा हुने निश्चित रहेको उनले सुनाए । ‘म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो,’ उनले भने ।

विशेष महाधिवेशनको हलमा जाँदा सभापति बन्ने अवसर पनि पाउने अवस्था रहेको उनको भनाइ थियो । तर पार्टी दुई टुक्रा हुने देखेपछि त्यहाँ नगएको उनले जिकिर गरे । ‘त्यहाँ गएको भए म पार्टी सभापति म बन्थेँ, बन्दैनथे त्यो बेग्लै कुरा हो। तर, पार्टी दुई टुक्रा हुन्थ्यो,’ कोइरालाले भने ।

कोइराला विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको हस्ताक्षरमा वितरित टिकट लिएर फेरि मोरङ ६ मा उत्रिएका छन् । त्यहाँ उनलाई नेकपा एमालेका विनोद ढकालले चुनौती दिँदैछन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ५७ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार