प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् । तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या एक लाख ५९ हजार ११० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकबाट दुई मतदाताले अन्यमा नाम लेखाएका छन् ।

जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेकामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्रसहित १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् । 

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा १६ दलका र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

क्षेत्र नं २ मा दुई वटा दल र एक जना स्वतन्त्र गरी तीनजना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार जिल्लामा स्वतन्त्र उम्मेदवार ११ जना छन् । यस पटक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा नरहेका उनले जानकारी दिए ।

जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवाकोटीले जानकारी दिए । 

क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अमित लामा, नेपाली कांग्रेसबाट गुणराज मोक्ततान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईंको उम्मेदवारी परेको उनले बताए । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेसनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गोल नेसनल अर्गनाइजेसनका तर्फबाट कमलबहादुर लामा, समावेशी समाजवादी पार्टीबाट विनोद लामाले उम्मेदवारी दर्ता गराएका छन् । 

जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धीराज लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव समूह)बाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ ।

प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् भने राजेश श्रेष्ठ, युवराज चौलागई, जीवन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अशोक ब्याञ्जू, नेपाली कांग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मदन भण्डारीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जीव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैँजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेसनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् । 

राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मङ्गोल नेसनल अर्गनाइजेसनका तर्फबाट उमेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । 

जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टङ्कबहादुर लामाको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशील लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ती क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । 

साथै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ वटा मतदानस्थलमा चार सय मतदान केन्द्र कायम गरिएको छ । रासस

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : ३४ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष