सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ « Khabarhub

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका जानकारी दिए ।

उनका अनुसार नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय नम्बरप्लेट भएको बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा सवार निजहरूलाई रोकेर शोधपुछ गरेको थियो । 

सोही क्रममा मण्डल र मोफिज सवार मोटरसाइकलमा सिट आकार बनाएर ल्याइएको अवैध गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार निज दुवैले रातो प्लास्टिकमा पोको पारेर गाँजालाई मोटरसाइकलको सिट तल लुकाएर ल्याएका थिए । 

प्रहरीले पक्राउ परेको मोटरसाइकल, चालक मण्डल र पछाडि सवार मोफिजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

दुवै जनाविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता राईले बताए ।
 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : ३६ बजे

खारेज भयो रेशम चौधरीको उम्मेदवारी

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका

वैशाखमा पार्टीको नियमित महाधिवेशन हुँदैन : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन

शुक्रबारदेखि मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपरान्हदेखि मौसम बदली हुने

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा