योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ « Khabarhub

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन दर्तासँगै निर्वाचन नहुने आशंका सकिएको बताएका छन् ।

एमाले विराटनगर कमिटीको बिहीबार सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले एमाले पूर्ण तयारीसहित चुनावमा होमिएको बताउ ।

उनले बाँकी दिनहरूमा तीव्र गतिमा चुनावी तयारी अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।

‘यो निर्वाचन कुनै दल, देश वा संविधानले चाहेको अवस्थामा हुन लागेको होइन,’ उनले भने, ‘कुनै प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचनको अवस्था सिर्जना भएको होइन । विशिष्ट राजनीतिक घटनाक्रमपछि देशलाई संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन निर्वाचन अपरिहार्य बनेको हो ।’

भट्टराईले यसको महत्व विगतका निर्वाचनभन्दा फरक रहेको उल्लेख गरे । ०७४ को निर्वाचन र संविधान निर्माणपछि देश राजनीतिक स्थायित्वतर्फ जाने, समृद्धि र सुखी नेपालीको लक्ष्य हासिल गर्ने नारा एमालेले अघि सारेको उनले स्मरण गराए । ०७४ र ०७९ दुवै निर्वाचनमा एमालेले तीव्र आर्थिक विकासको एउटै नारा बोकेको पनि उनले बताए ।

नेपालको राजनीतिक इतिहास स्मरण गर्दै पटक–पटक राजनीतिक क्रान्तिमाथि धावा बोलिने गरेको उनले बताए । ००७ सालको क्रान्तिपछि ०१७ सालमा कू, ०४६ को जनआन्दोलनपछि माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र राजा ज्ञानेन्द्रको महत्वाकांक्षाबाट लोकतन्त्र हडपिएको उनले उल्लेख गरे ।

०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया अघि बढे पनि त्यो दीर्घकालीन हुन नसकेको उनले बताएका छन् ।

‘अहिले फेरि हाम्रो क्रान्ति, संविधान र उपलब्धिमाथि आक्रमण भएको छ,’ भट्टराईले भने, ‘किस्ता–किस्तामा राजनीतिक क्रान्तिमाथि धावा बोल्ने शक्तिलाई समाप्त गर्दै एकमुष्ट क्रान्तिको रक्षा गर्ने जिम्मेवारी यो निर्वाचनले पूरा गर्नुपर्छ ।’

उनले चुनौतीका घडीमा सधैँ एमालेले देश र लोकतन्त्रको रक्षा गर्दै आएको दाबी गरे । ‘एमाले नेपाली माटोमा उम्रिएको पार्टी हो । यसको बिउ, मल र संस्कृति सबै नेपाली हुन्,’ उनले भने, ‘अहिले च्याउसरी उम्रिएका केही पार्टीको बिउ र मल कहाँको हो भन्ने शंका छ ।’

भट्टराईले एमाले लड्नुपर्ने बेला लड्ने र जोडिनुपर्ने बेला जोडिन जान्ने पार्टी भएको बताए । ‘बाह्य शत्रुसँग लड्नुअघि पार्टीभित्र एकता आवश्यक छ,’ उनले भने, ‘त्यो एकता एमालेमा छ र हुनुपर्छ ।’

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ३५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन