बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने « Khabarhub

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ कार्यक्रममा भाग नलिने निर्णय गरेको छ । विदेशमन्त्री यभेट कुपरले बिहीबार बेलायत आजको हस्ताक्षर समारोहमा उपस्थित नहुने जानकारी दिइन् ।

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि नयाँ निकायको स्थापना गर्दै त्यसको चार्टरमा हस्ताक्षर गर्न डाभोसमा समारोह आयोजना गर्नेछन्, जहाँ स्थायी सदस्यताका लागि एक अर्ब डलरको मूल्य ट्याग राखिएको छ ।

‘त्यहाँ धेरै काम बाँकी छ र हामी आज हस्ताक्षरकर्ताहरू मध्ये एक हुने छैनौँ । विशेष गरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने सम्भावना र युक्रेनमा उहाँले देखाएको व्यवहारका कारण बेलायतको चिन्ता छ’, मन्त्री कुपरले बिबिसीसँगको अन्तर्वार्तामा भने, ‘यो कानूनी सन्धिले धेरै व्यापक विषय उठाउँछ र हामी पुटिनले युक्रेनमा शान्तिका लागि प्रतिबद्धता देखाएको कुनै संकेत पाएका छैनौँ ।’

हालसम्म अस्पष्ट रूपमा परिभाषित समूहमा सामेल हुन विभिन्न विश्व नेताहरूलाई निमन्त्रणा पठाइएको छ । सुरुमा गाजाको पुनर्निर्माण निरीक्षण गर्न उद्देश्य राखिएको भए पनि बोर्डको चार्टरले आफ्नो भूमिकालाई सीमित नगरेको देखिन्छ र यसले केही अमेरिकी सहयोगीहरूको आक्रोश पनि आकर्षित गरेको छ ।

बुधबार राष्ट्रपति ट्रम्पले पुटिनले सहभागी हुन सहमति जनाएको बताएका छन् , यद्यपि क्रेमलिनले अहिलेसम्म निमन्त्रणाको अध्ययन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ३३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज