काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’ भारतका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ ।
शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्ने यो फिल्म चाँडै भारतमा प्रदर्शन हुन लागेको निर्माता अमित श्रेष्ठले बताए ।
भारतमा नेपाली फिल्म प्रदर्शन गर्दै आएको कम्पनीसँग सहमति भएको उनको दाबी छ । उनले कम्पनीको नाम भने खुलाउन चाहेनन् ।
उनी भन्छन्, ‘हामी केही दिनमा नै राम्रैसँग सार्वजनिक गर्छौं ।’
नेपालमा यस फिल्मले राम्रो प्रतिक्रिया पाएका कारण उक्त कम्पनी भारतमा फिल्म प्रदर्शनका लागि उत्सुक भएको उनले बताए ।
नेपाली भाषीहरु रहेका स्थानहरु दिल्ली, दार्जिलिङ, सिलगुडी, गान्तोक, कालिम्पोङ र आसामलगायतका स्थानमा फिल्म प्रदर्शन हुने बताइएको छ ।
यो फिल्ममा नायिका श्रृष्टि श्रेष्ठको पनि शीर्ष भूमिकामा छिन् । निर्देशक तथा लेखक निगम श्रेष्ठ हुन् ।
निगमले यसअघि ‘छड्के’ र ‘लालपूर्जा’ जस्ता फिल्म निर्देशन गरेका थिए ।













प्रतिक्रिया